लाज पचाएका मान्छे पसेर राजनीति नै लज्जित पारेको एमाले नेता ढकालको भनाई

रामेछाप। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले आफू काम नगरी अर्काको टाउकोमा दोष थोपर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।

आज बुधबार एमालेको रामेछाप जिल्ला समितिले मन्थलीमा आयोजना गरेको जनसंगठनको संयुक्त बैठकमा बोल्दै ढकालले आफू काम नगर्ने तर अरूलाई दोष दिनेले प्रगति गर्न नसक्ने टिप्पणी गरे। कतिपय नेता कार्यकर्ताहरूको अभिव्यक्तिले नागरिकलाई भ्रमित गर्ने र पार्टीको काममा ऊर्जा घटाउने काम भइरहेको चर्चा गरे।

एमाले व्यक्ति प्रधान नभै नीति प्रधान पार्टी भएको प्रसंग उठाउँदै ढकालले भने, ‘मन नपराएकाले एमालेमा व्यक्ति प्रधान भयो भन्ने आरोप लगाउन सक्छन्, ती आरोप मात्र हुन्, एमाले स्पष्ट नीतिमा केन्द्रित भएर चल्ने पार्टी हो।’

एमाले भित्र सिद्धान्तको कुनै समस्या नभएको उनको दावी थियो। त्यसको व्यवहारिक प्रयोगमा भने अहिले पनि समस्या रहेको ढकालको भनाई छ।

चारवटी श्रीमती ल्याउने मान्छे, चुनाव जित्ने बित्तिकै नागरिकता मुद्दामा सांसद् पद खोसिने मान्छे, अर्काको श्रीमान्सँग ६ वर्षदेखि लभ गरेर श्रीमान् खोसेर विवाह गर्ने मान्छेहरू अहिले आफूलाई राजनीतिमा अब्बल घोषणा गर्दै हिँडेको ढकालले चर्चा गरे। त्यस्ता मानिसहरू लाजै नमानी राजनीतिमा आएको देख्दा समाज नै लजाउनु पर्ने अवस्था आएको ढकालको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *