कसैसंग डराएका हैनौं, गणतन्त्रको समिक्षा गरिएको हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, संघीय लोकतान्त्रिक गणतन्त्रको समिक्षा गर्नु कसैसंग डराएको नहुने बताएका छन् ।
आज आफैले बोलाएको सर्वदलिय बैठकपछि पत्रकारसंग उनले, सामान्य समिक्षाको समय आयो भन्ने लागेर बैठक बोलाइएको र कसैसंग डराउने सवालै नरहेको बताए ।

‘हिजो नेपालको आधुनिक राजनीतिक इतिहासको सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउँन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको सामान्य समिक्षात्मक बैठक थियो ।’

बैठक आयोजना गर्नुको उद्देश्यबारे उनले भने‘यो बैठकमा एउटा राम्रो कुरा के भयो भने संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो र यो बैठकको आयोजना पहिलो पटक भयो यस्ता निरन्तर बैठक राख्नु पर्छ भन्ने कुरामा पनि सबै नेताहरु समझदारी भयो’ दलहरुमा संत्रास बढेको हो भन्ने प्रश्नमा उनले भने ‘सन्त्रासको कुरा होईन्, अब यो समय आएको छ, हामी एकपटक सामान्य समिक्षा गरौं भनेर गरिएको हो । यो प्रक्रिया अगाडि पनि बढ्छ । कसैसँग डराएको छैन् । ’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *