काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ६३९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीका संस्थापक सेयरधनी विल बहादुर गुरुङको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता बिक्रीमा आएको हो ।
उक्त सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरू आवश्यक कागजात संकलन गरी आगामी १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।