प्राइम कमर्सियल बैंकले भूकम्प प्रभावितलाई २५ लाख ५१ हजार सहयोग गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत कत्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुका सहयोगको निम्ति २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बैंकको तर्फबाट भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।

बैंकले विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *