काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आईसीसी टी-२० विश्वकपमा पग्न सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।क्यानको सोमबार बसेको बैठकले १० वर्षपछि पुन: टी–२० विश्वकपमा पुगेकाे नेपाली टाेलीलाई याे पुरस्कार दिने निर्णय गरेकाे हाे ।
यसैगरी क्यानकाे आजकाे बैठकले एसीसी यू–१९ प्रिमियर कप जितेर यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई पनि जनहीँ ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
यसैगरी हङकङमा आयाेजना हुने चार देशीय टी–२० महिला सिरिजमा नेपाली महिला राष्ट्रिय टीमलाई पठाउने निर्णय पनि क्यानकाे बैठकले गरेकाे छ ।