काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिले उनलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
बैंकको प्रमुख प्रवर्द्धक आइएमई समूहमा पोखरेल प्रमुख कार्यकारी अधिकृत थिए। अहिले उनी त्यहाँ वरिष्ठ उपाध्यक्ष पनि छन्। उनी केही वर्षअघि ग्लोबल आइएमई बैंकको सञ्चालक समेत थिए ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मर्जरपछि उनी पूर्णरूपमा समूहको प्रमुख कार्यकारी हुँदै भाइस प्रेसिडेन्ट भएका थिए।
उनले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरेका छन् । उनीसँग एभरेष्ट बैंक र ग्लोबल आईएमई बैंकमा २० वर्षको बैंकिङ अनुभव छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य छन् भने वरिष्ठ नायब प्रमुख कार्यकारीमा सुरेन्द्र रेग्मी छन्।