काठमाडौं । काठमाडौँ महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ । महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको हो ।
यस क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।
Artha Sanjal






