काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले ओमनसामू १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ६ विकेको क्षतिमा १८४ रन बनाएको हो ।
नेपालका लागि रोहित पौडेल र गुलसन झाले अर्धशत प्रहार गरे । नेपालका लागि रोहित पौडेल र गुलसन झाले अर्धशत प्रहार गरे । खराब सुरुवात गरेको नेपाललाई रोहित र गुलसनले नै खेलमा फर्काएका थिए । रोहित ३७ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रनमा अविजित रहे । यस्तै गुलसनले २५ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ५४ रन जोडे ।
यसैगरी कुशल भुर्तेलले २२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३१ रन बताए । करण केसीले ६ बलमा एक चोका दुई छक्कामो मद्दतमा २० रन जोडेर अविजित रहे । यस्तै सन्दिप जोराले १०, आसिफ शेख ६, कुशल मल्ल ३ तथा विवेक यादव १ रनको पारि खेले ।
बलिङतर्फ बिलाल खानले तीन विकेट लिए । यस्तै अकिब इल्यासले दुई तथा जीशन मक्सूदले एक विकेट लिए ।