नेपालको चौथो विकेट पनि पतन

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट गएको छ ।

यसअघि तीन विकेट गुमाइसकेको नेपालले चौथो विकेटमा रुपमा कुशल मल्ललाई गुमाएको हो । कुशलले ९ बलमा तीन रन जोडे ।
उनको विकेट ओमनका अकिब इल्यासले लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *