उपाधि जित्ने दाउमा नेपाल, ओमानसँग भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज (आइतबार)नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले घरेलु मैदानमा छनोट प्रतियोगिताको उपाधिकालागि ओमानसँग खेल्न लागेकाे हाे। नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

उपाधिका लागि दुवै टिम काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजे उत्रनेछन् । समूह ‘ए’ मा रहँदै प्रतियोगिताको सुरुआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो ।

ओमानसँग ५ रनले पराजित बनेको नेपाल समूह उपविजेता बनेको थियो। समूह उपविजेता बनेर सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशकालागि भएको खेलमा यूएईलाई हराएको थियो ।

सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुन ओमानसँग खेल्न लागेको हो । ओमानले समेत सेमिफाइनलमा बहराईनलाई १० विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टिम अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *