शिवम् सिमेन्टका निखिल अग्रवाल दिल्लीमा सम्मानित

काठमाडौं । शिवम् सिमेन्टका भीपी (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल भारतको नयाँ दिल्लीमा सम्मानित भएका छन् ।

३ कात्तिकमा ब्राण्डम्यान इन्डिया पीआर एण्ड प्रमोसनद्वारा आयोजित कार्यक्रममा अग्रवाल महात्मा गान्धी राष्ट्रिय अभिमन पुरस्कार–२०२३ बाट सम्मानित भएका हुन् ।

कम्पनीका अनुसार अग्रवाल शिवम् सिमेन्टको स्थापना कालदेखि नै निरन्तर कार्यरत छन् । ब्राण्डम्यान इन्डिया पीआर एण्ड प्रमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ ।

कार्यक्रमको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनोट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ ।

यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनोट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदानको आधार छनोट गरी अवार्ड दिने गर्दछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *