काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेसम्बन्धमा एउटा जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।
भिडियोको मुख्य पात्रका रुपमा कलाकार प्रियंका कार्की रहेकी छन्। उनलाई एउटा गुडिया पसलको साहुनीका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ। उनको नाम सबिता रहेको छ।
गुडिया पसलमै बसिरहेको बेला सबितालाई बैंककी कर्मचारीले फोन गर्छिन् अनि एटीएम कार्ड तयार भएकोले टाइम मिलाएर लिन आउन आग्रह गर्छिन्।
त्यसपछि सबिता खुसी हुन्छिन् र आफ्ना गुडियाहरुलाई एटीएम कार्ड रेडी भएको जानकारी गराउँछिन्। ‘अब म पनि मोबाइल बैंकिङ डाउनलोड गर्छु। त्यसपछि त सबै कारोबार डिजिटल्ली गर्न मिलिहाल्छ नि’, उनले भन्छिन्।
त्यसपछि डिजिटल कारोबार र पैसाको सुरक्षाका विषयमा त्यहाँ रहेका गुडिया र सबिताबीचको संवादबाट बैंकले प्रस्ट पार्न गरेको छ।




