सर्वाेच्चको आदेशलगत्तै पक्राउ परे रिगल

काठमाडौं । सर्वाेच्च अदालतकाे आदेश लगत्तै प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ। सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरिदिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको हो । रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।
रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *