ट्रस्ट माइक्रो इन्स्योरेन्सले पायो लघु बीमा कारोबार अनुमति

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरणबाट कारोबार अनुमति पाएको छ। तोकिएको पुँजी नपुर्याएका कारण कारोबार अनुमति पाउन नसकेको निर्जीवन बिमातर्फको ट्रस्ट माइक्रो इन्स्योरेन्सलाई प्राधिकरणले कारोबार अनुमति दिएको हो ।

योसँगै सातै वटा लघु बिमा कम्पनीले प्राधिकरणबाट कारोबार अनुमति पाएका छन् । प्राधिकरणले लघु बीमा कारोबार गर्न भन्दै जीवन बीमा व्यवसायका लागि तीनवटा र निर्जीवन बीमा व्यवसायका लागि चारवटा कम्पनीलाई गत मंसिरमा सैद्धान्तिक अनुमति दिएको थियो।

जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (विराटनगर, मोरङ), क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स (वीरेन्द्रनगर, सुर्खेत) र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स (पोखरा, कास्की) छन् भने निर्जीवन बिमा व्यवसायतर्फ नेपाल माइक्रो इन्स्योरेन्स (भरतपुर, चितवन), स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स (जनकपुरधाम, धनुषा) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स (धनगढी, कैलाली)ले कारोबार सुरु गरिसकेका छन्।

प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *