काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको खुद नाफामा २७.१५ प्रतिशतले वृद्धि देखिएको छ ।
सो अवधिमा संस्थाले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको सञ्चालन मुनाफा पनि २६.७४ प्रतिशतले बढेर ४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि १३.८५ प्रतिशतले बढेर १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १३ करोड ६८ लाख रुपैयाँमा सीमित थियो ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.७६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.७३ प्रतिशत थियो।
खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो चार्ज ३ करोड ८४ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ संस्थाको जगेडा कोषमा ५० करोड ४३ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा संस्थाले ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाको वार्षिकीकृत ईपीएस बढेर २१.९८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.३६ रुपैयाँ थियो। पीई रेसियो ३९.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८१.८५ रुपैयाँ रहेको छ।