काठमाडौं । विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले शानदार सुरुवात गर्दै पहिलो विकेट गुमाउँदा नै ५७ रन जोडेको छ ।
टस जितेर ब्याटिङ थालेको मलेसियाले ६ ओभरमा १ विकेट गुमाएर ६० रन जोडेको छ। जुबैदी जुल्कीफल २४ रन जोडेर आउट भए।
मलेसियाले ५७ रन जोड्दा अविनाश बोहराले जुल्कीफललाई आउट गरेका हुन्।
पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो भने मलेसिया ओमानसंग ३२ रनले पराजित भएको थियो ।







