काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साधारण सेयर (आईपीओ) धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीको सेयर आज (आइतबार) बाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारमा आएको हो । कम्पनीको सेयर ३५० रुपैयाँमा खुलेको हो ।
यस कम्पनीले पहिलो कारोबारको लागि १४२.०१ देखि ४२६.०३ रुपैयाँसम्मको ओपनिङ रेञ्ज पाएको थियो ।
सोनापुर मिनरल्सले असोज १४ गतेदेखि असोज १७ गतेसम्म अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणलाई आइपीओ निष्काशन खुला थियो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो।
यता, कम्पनीको सेयरमा दोस्रो बजारमा कारोबारमा आएकै दिन नेगेटिभ सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ३१५ रुपैयाँ मा झरेको छ ।