काठमाडाैं । नेपालमा हर्षाेल्लासका साथ मनाइने दशैँ पर्व सुरु भइसकेकाे छ । दशैँ मनाउनकै लागि काठमाडाैं उपत्यकाबाट बाहिरिनेकाे भिड टिकट काउन्टरदेखि बस स्टेशनसम्म देख्न सकिन्छ ।
काठमाडौंबाट बाहिरिने मुख्य गंगोबुस्थित स्थल बसपार्कमा देशका विभिन्न ठाउँहरूमा जाने यात्रुहरूको भिड केही दिनयता दैनिक लाग्दै आएकाे छ। त्यसैगरी उपत्यकाबाट बाहिरिने नाकाहरू कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरूको बिहानदेखि साँझसम्म भीड हुन्छ ।
सरकरले लामो दूरीका लागि यही असोज २२ गतेदेखि चाडपर्व लक्षित अग्रिम बुकिङ खुला गरेसँगै बिहानदेखि बेलुकीसम्म बाहिरिनेहरूकाे भिड लाग्ने गरेको हो ।
घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
तस्बिरहरू:–
प्रकाशित मिति : कार्तिक १, २०८० बुधबार ५ : ४२ बजे
Shares