काठमाडौं । कम परिमाणमा डिजेल बिक्री गरेर ग्राहक ठग्ने काठमाडौंका थप २ वटा पम्प सिल गरिएको छ । केन्द्रीय अनुगमन टोलीले अनुगमनका क्रममा उपभाक्तालाई लिएको शुल्कभन्दा कम परिमणमा डिजेल बिक्री गरेको फेला पारेपछि पम्प नै सिल गरिएको हो ।
बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले बताए ।
दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायका उच्चपदस्थ कर्मचारी सहभागि अनुगमन टोलीले पम्पकाे अनुगमन गरेकाे थियाे ।