काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने ब्रोकर कमिशन शुल्क घटाउने निर्णय गरेको छ । धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने दलाल कमिशन र बोर्ड शुल्क घटाउने निर्णय गरेको हो ।
बोर्ड स्रोतका अनुसार बैठकले हाल कायम रहेको दलाल कमिशन र बोर्ड शुल्कमा समग्रमा १०/१० प्रतिशतले घटाउने निर्णय गरेको छ ।
उक्त निर्णय स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाइने स्रोतले बताएको छ। स्रोतका अनुसार अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि घटेको ब्रोकर कमिशन लागू हुने छ।
पछिल्लो समय लगानीकर्ताले दलाल कमिशन घटाउन माग गर्दै आएका थिए ।
Artha Sanjal






