काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडादशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिन घोषणा गरेको छ ।
बैंकले एक सुचना जारी गर्दै नेपालीहरुको वडादशै तथा शुभ दिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जनाएको हो । साथै, यो अफर २०८० कात्तिक मसान्तसम्म मात्र लागु हुुने बैंकले जनाएको छ ।