आईसीसी विश्वकप : श्रीलंकाले अष्ट्रेलियालाई दियाे २१० रनकाे लक्ष्य

काठमाडाैं । ईसिसी विश्वकप क्रिकेट २०२३ मा श्रीलंकाले अष्ट्रेलियालाई २१० रनको मध्यम लक्ष्य दिएको छ । लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २ सय ९ रनमा अल आउट भयो ।

श्रीलंकालाई ओपनरले सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि अन्तिम ८४ रनमा १० विकेट गुमाएपछि मध्यम योगफलमै रोकिएको हो । श्रीलंकाका ओपनर कुशल परेराले ८२ बलमा १२ चौकासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै पाथुम निसांका ६७ बलमा ८ चौकासहित ६१ रनमा आउट भए ।

श्रीलंकालाई ओपनर पाथुम निसांका र कुशल परेराले २१.४ ओभरमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर स्पिनर एडम जाम्पा र प्याट कमिन्सले उत्कृष्ट पूनरागमन गराएका हुन् ।

उच्च लयमा रहेका कुशल १३ बलमा ९ रनमा आउट भए । जाम्पाले सदिरा समाराविक्रमालाई ८ रनमा एलबीडब्लू आउट गरे । मिचेल स्टार्कले धनन्जय डि सिल्भालाई ७ रनमा बोल्ड आउट गरे । कमिन्सले युवा ब्याटर दुनिथ वेलालागेलाई २ रनमा रन आउट गराए । जाम्पाले चामिका करुणारत्नेलाई दुई र महेश थिक्सेनालाई शून्यमा एलबीडब्लू धरापमा पारेपछि श्रीलंकाका १९९–८ को दयनीय अवथामा पुगेको थियो । स्टार्कले लाहिरु कुमारालाई ४ रनमा बोल्ड आउट गरे । चरिथ असलंका ३९ बलमा १ छक्कासहित २५ रनमा आउट भए ।

अष्ट्रेलिया एडम जाम्पाले ८ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ४ विकेट लिए । प्याट कमिन्सले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेलले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *