बनेपामा खुल्यो सीजी डिजिटलको २५औं शोरुम

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको मल्टि ब्रान्ड शोरुम सि.जी. डिजिटलको २५औं शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य र सि.जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सि.साबुको उपस्थितिमा सोमबार सो शोरुमको भब्य भएको छ ।

सि.जी. डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एल.जी., सि.जी., टिसिएल, गोद्रेज, सेन्साई, माईडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका र व्रmम्टन लगायतका विभिन्न घरायसी विधुतीय सामाग्रीहरु जस्तै किः एल.इ.डि.टि.भी., वासिङ मेसिन, फ्रिज, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एर प्युरिफायर, म्युजिक सिस्टम लगायत अन्य थुप्रै स्मार्ट डोमेस्टिक अप्लाएंसेस तथा स्मार्ट होम अप्लाएंसेसहरु रहने छन् ।

दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पुर्ण जानकारी पनि लिन सकिने कम्पनीले जनाएको छ । यो शारुम हप्ताको सातै दिन बिहान १०ः०० देखि बेलुका ७ः३० बजेसम्म खुला रहने छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा फोन नम्बर ०११–६६५६७९, ६६५६८८ सम्पर्क गर्न सकिनेछ ।

बनेपाकोे बुडोलमा खोलिएको शोरुम ओपनिङ्गको अवसरमा ४०% सम्म छुट, ०% किस्ताबन्दी, फ्री गिफ्टहरुका साथै एक्सचेन्ज अफर को पनि सुविधा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *