लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ।

सुनको भाउ तोला बिहीबार पनि तोलामा ७०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलाको ५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *