पानीकाे जारमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरले तिरायाे पशुपति पानी उद्योगलाई १ लाख जरिवाना

पशुपति पानी उद्योगको उद्योगलाई काठमाडौं महानगरपालिकाले १ लाख जरिवाना तिराएको छ ।

उद्योगबाट उत्पादन भएको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि सो उद्योगलाई जरिवाना तिराइएको महानगरले जनाएको छ । महानगरका अनुसार ढुवानी गरेर बेच्न ल्याएको जारको पानीमा लामखुट्टेका लार्भा भेटिएको थियो । जरिवानासँगै महानगरले जारमा पानी भर्नु अगाडि जारलाई अनिवार्य निर्मलीकरण गर्न निर्देशन समेत दिएको छ ।

यस्तै प्रत्येक महिना पानी परीक्षण रिर्पोट ढुवानी कर्तालाई दिन समेत निर्देशन दिएको महानगरले जनाएकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *