फागुन २२ गतेदेखि २७ गतेसम्म ५ दिन महिन्द्रा केयर फेस्ट आयोजन हुने भएको छ ।
महिन्द्रा फोरव्हीलरको नेपालका अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा। लि।ले सो केयर फेस्ट आयोजना गर्न लागेको हो । महिन्द्रा ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिसतसम्म छुट लिन सकिनेछ ।
महिन्द्राका ग्राहकले महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई सो केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले सेवा ग्राहीको सेवासुविधालाई ध्यानमा राख्दै प्रत्येक वर्ष केयर फेस्ट मार्ट आयोजन गर्दै आएको छ ।