नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा एक अर्ब २८ करोडकाे कारोबार

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको हो । आज शेयर बजार नेप्से परिसूचक १९.०६ अंकले घटेर १,८८९.५९ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८२ कम्पनीको ४२ लाख ८७ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा जिआइसीको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नविल बैंकको ३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *