यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं।  नेपाली बजारमा सुनको भाउको बढोत्तरीले मंगलबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *