मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन् ।
काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो।
प्रसाईंलाई कसले कालोमोसो दलेको हो भन्ने खुलेको छैन।




