काठमाडौं। आगामी असोज २२ गतेदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले आउँदो सोमबारदेखि अग्रिम टिकट खुलाउने निणर्य गरेको नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
‘हाम्रो र सरकारको एउटै उदेश्य भनेको सर्वसाधारणलाई दसैंमा कसरी सहज तरिकाले आवत जावत गराउने भन्ने हो। २२ गते अग्रिम टिकट खुलाउने निणर्य भएको छ,’ उनले भने। यात्रुको सहजताका लागि गर्नुपर्ने सबै काम यातायात व्यवस्था विभागसँग समन्वय गरेर गिरने गरी बैठक सकिएकाे हाे ।







