आज सुनको मूल्य एक लाख पुगेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ ।







