‘हनी ट्र्याप’ : यौन दुर्व्यवहारका नाममा करोडौँ बार्गेनिङ, असुलीपछि नाटकीय मिलापत्र

‘हनी ट्र्याप’ पछिल्लो समय निकै चर्चित नाम हो यो । ठूला व्यवसायीक घरानाका व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूसँग अनेक बहानामा नजिक हुने, उसका गोप्य सूचना लिने,आफ्नो सौन्दर्यमा लोभ्याएर आफूप्रति आकर्षित गर्ने र अन्तत: मोटो रकमको बार्गेनिङ्ग गरि ट्रयापमा पारेर फसाउने गरेको पाइन्छ । हाल नेपालमा पनि ‘हनी ट्रयाप’मा पारेर ठगी गर्ने प्रचलन निकै बढेको छ ।

तर नेपाली समाज अझै त्यति उदार बन्न नसक्दा यस्ता घटनामा परेर ठगिएकाहरु पनि सामाजिक प्रतिष्ठा गुम्ने र इज्जत जान्छ भन्ने डरले खुलेर भन्ने हिम्मत गरेको देखिँदैन । जसका कारण यस्तो किसिमको अपराध गर्भमै रहने गरेको छ।

यसरी ‘ईजी मनी’ अर्थात बिना श्रम अर्थोपार्जन हुने भएपछि मानिसहरु आफ्नो ज्ञान,सीप र कलाअनुसारको उपलब्ध भएको श्रम गर्नुको सट्टा सजिलै पैसा कमाउने उपाय रोज्न थालेको देखिन्छ । गलत सोच र खराब मानसिकता भएका व्यक्तिले जीविकोपार्जन र अर्थोपार्जनको सजिलो माध्यमका रुपमा हनी ट्रयापको प्रयोग गर्ने गरेका छन् । जुन सामाजिक आपराध हो ।

हाम्रा समाजमा यस्ता धेरै उदाहरण छन् । सम्पत्ति कुम्ल्याउन पटकपटक विवाहको नाटक मञ्चनदेखि सम्बन्धविच्छेदसम्म, सहमतिमै शारीरिक सम्बन्धदेखि बलात्कारको मुद्दासम्मका घटनाहरु बाक्लिन थालेका छन् ।

‘हनी ट्र्याप’मा मानिसहरु कसरी फस्न पुग्छन् भन्ने उदाहरणलाई प्रस्तुत गरौँ।

घटना के हो ?

केहि समयअघि एकजना अन्दाजी ४० वर्षकी आराधना नाम गरेकी एक महिला आफ्नो कोहि नजिकका व्यक्तिलाई माध्यम बनाएर नेपालका एक प्रतिष्ठित व्यक्ति कृष्णको कार्यालयमा पुग्छिन् । आफू योग्य हुँदा हुँदै पनि जागिर नपाएको गुनासो कृष्णसामु पोख्छिन् ।  कृष्णले आराधनालाई एक अर्काको कामको प्रकृति नै फरक रहेको बताउँछन् । प्रतिष्ठित व्यक्ति भएकै कारण  आराधनाले तपाईले चाहनुभयो भने सम्भव छ भन्दै बिन्ती गर्छिन् ।

कृष्णले तत्काल आफ्नो कार्यालयमा कुनै काम नभएको तर कुनै एनजीओ या आईएनजीओमा काम लगाईदिने आश्वासन दिन्छन् ।

त्यसपछि सुरु हुन्छ ‘हनी ट्र्याप’को जालो । कृष्णको आश्वासनपछि उनको कार्यालयमा मौसमको आवतजावत बाक्लिन थाल्छ ।

सदाझैँ आराधना कृष्णको कार्यालय पुग्छिन् । विगतमा दूरी बढाएर कुरा गर्ने वर्षा त्यो दिन मौसमको नजिकै बसेर उहीँ प्रश्न गर्छिन्, ‘मलाई कहिले जागिर लगाइदिनुहुन्छ ? ।’ घडीमा करिब साढे पाँच बजेको थियो । कार्यालय समय सकिसकेकोले सबै कर्मचारी आ-आफ्नो घर लागिसकेका थिए ।

एउटी अधवैंशे महिलाले आफ्नो नजिककै बसेर सांकेतिक रुपमा आफूप्रति आकर्षित भएको आभाष दिलाएपछि कृष्णको पुरुषत्व सल्बलाउन थाल्छ । उनी पनि ‘के खोज्छस कानो, आँखो’  भनेझैँ वर्षासँग अझ नजिक हुन पुग्छन् ।  उनको हातहरु वर्षका गोप्य अंगमा सुमसुम्याउन थाल्छन् । आराधनाले त्यो दिन आपत्ति जनाएझैँ  गर्छिन् र बाटो बाहिर निस्कन्छिन् ।

साँझ आराधनालाई कृष्णले कल गर्छन् र सोध्छन्,- ‘आजको प्रोगाम तिमीलाई कस्तो लाग्यो ?’

आराधनाले यो बारेमा आफूले केही नसोचेको बताउँछिन् । तर उनले आपत्ति भने जनाउँदिनन् । कृष्ण हेर्दा ५० वर्ष नाघेका । प्रतिष्ठित र उच्च ओहोदामा काम गर्ने । सालिन सुटबुट लगाएर हिड्ने चिल्लो गाडीमा हिड्ने । माथिल्लो ओहदाका मान्छेसँग उठबस गर्ने । सबैको सम्मान पाउने व्यक्ति । उनको यो व्यक्तित्वले आराधना झनै आकर्षित भइन्।

त्यो दुईबीच साँझ खासै कुरा भएन । भोलिपल्ट पनि उहीँ समय (कार्यालय समय सकिने बेला) आराधना फेरि कृष्णको कार्यालय पुग्छिन् । सदाझैँ त्यो दिन पनि कार्यालयका कर्मचारी आ- आफ्नो घर लागिसकेका हुन्छन् ।

आराधनाले अघिल्लो दिननै उनको प्रस्तावलाई मौन समर्थन गरिसकेकी थिइन् । जसले कृष्णलाई सम्बन्धका बारमा कुरा गर्न असहज भएन । प्रस्ताव गर्छन्, आराधनाले पनि स्वीकार्छिन् र सहमतिमै उनीहरुबीच शारीरिक सम्बन्ध हुन्छ । अझ भनौँ जागिरका लागि आफ्नो शरीर मौसमलाई सुम्पिन्छिन् ।

त्यसपछि उनीहरु लाजिम्पाटस्थित एक कफी सपमा पुगेर कफी खान्छन् र छुट्छन् । जागिरको नाममा जोडिएकी आराधना  कृष्णसम्म अति नै नजिक हुन्छिन् । उनीहरुको सम्बन्ध प्रेमी प्रेमिकाको रुपमा परिणत हुन्छ । अब त आउनेजाने र भेट्ने क्रम नचल्ने कुरै भएन । कृष्णले आराधनालाई आफ्नै कार्यालयमा जागिर पनि लगाईदिन्छन् ।

समय राम्रै चल्दै थियो । एकदिन आराधनाले फेरि पहिलेझैँ प्रश्न गर्छिन्, ‘खै त मलाई एनजीओ, आइएनजीओमा जागिर लगाइदिनुभएको ?’ कृष्णले जागिर खाँदैछौं त यहिँ काम गर न भनेपछि सुरु हुन्छ उनको बार्गेनिङ ।

‘मलाई अन्त जागिर नलगाईदिने भए अब मलाई काठमाडौंमा घर किनिदिनुस् न त ।’  अब भने कृष्ण झस्किन्छन् । उनले बारम्बार पैसा मागेको र बार्गेनिङ गरेको सम्झनछन् ।

अब उनीहरुको सम्बन्धमा चिस्सिन थाल्छ । आराधना हरेक दिन कृष्णको कार्यालयमै गएर झगडा गर्न सुरु गर्छिन् । कहिले कुनै दोश्रो व्यक्तिलाई जोडेर बद्नाम गर्ने, कहिले उनको श्रीमती र परिवारसम्म पुगेर आफ्नो सम्बन्धका बारेमा भनिदिने धम्कि दिने, परिवारका सदस्यलाई तल्लो स्तरको अपशब्द प्रयोग गर्ने, त कहिले उनको कार्यालयमा काम गर्ने कर्मचारीका विषयमा अनेकन लाञ्छना लगाउने गर्न थालिन् ।

उनी यतिमै रोकिनन् । कहिले कार्यालयमा आउने ठूला-ठूला अन्तर्राष्ट्रिय स्तरका परियोजाना रोकिदिने, त कहिले प्रहरीमा गएर जबर्जस्तिकरणीको मुद्दा हाल्नेसम्मको धम्की दिन थालिन् । यति घटना घटेपछि कृष्णले बल्ल आराधना सजिलै पैसा कमाउने उदेश्यले त्यहाँ पुगेको र आफू हनी ट्रयापमा परेको भन्ने बुझ्छन् । उनको ट्रयापको शिलशिला अझै रोकिदैन ।

उनी पैसाको बार्गेनिङ्ग नमिलेपछि महानगरीय प्रहरीवृत्त पुग्छिन् र ठाडो उजुरी दिन्छिन् । गलत नियत राखेर त्यहाँ पुगेकी ति महिलाले सुरुदेखिनै उनी र मौसमबीचका हरेक कुराकानी रेकर्ड गरेकी हुन्छिन् । त्यही कुराकानीका आधारमा कानुनी कठघरामा उभ्याउँछु भन्दै धम्की दिन थालिन् । ति महिलाले प्रहरीमा पुगेको र उजूरी हालेको थाहा पाएपछि कृष्णले उनलाई एक अपार्टमेन्टमा फ्याल्ट खरिद गर्न २५ लाख रुपैयाँ  दिन्छन् । पैसा पाएपछि उनले उजुरी फिर्ता लिन्छिन् ।

उनी अहिले पनि कृष्णले खरिद गरिदिएको घरमा श्रीमान् सँगै बस्छिन्।

महिलाको महत्वकांक्षा अझै बढ्न थाल्यो । आराधनाले कृष्णलाई फेरि दुख: दिन थालिन् । अब त कृष्णलाई  ‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ’ भनेझैँ भएको थियो । उनीहरुको सम्बन्धका बारेका केही जानकार रहेका भाइको हवला दिँदै उनी कुराकानी गर्न भन्दै उनको घरमै पुगीन् र आफूमाथि शोषण भएकोले आफूलाई न्याय चाहिएको भन्दै चिच्याउन र कराउन थालिन्। बिचरा मौसमकी श्रीमती आफूमाथि परेको अन्यायलाई बेवास्ता गरेझैँ, मनभरी पिडा र गहभरी आशु लिँदै चुपचाप तमासा हेरिरहिन् । मलिनो स्वरमा प्रमाण ल्याउन भनिन् ।

केही दिनपछि फेरि ति महिलाले काठमाडौंमा घर किनिदिन भन्छिन् तर उनले अहिले नसक्ने बताउँछन्।

त्यसलगतै उनी फेरि टेकुस्थित महिला सेलमा आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिन पुग्छिन् । तर यसअघि पनि महानगरीय प्रहरीवृत्त पुगेर उजुरी दिएको र पैसाको बार्गेनिङ्ग मिलेपछि उजुरी फिर्ता लिएको जानकारी पाएपछि महिला सेलका प्रहरीले हनी ट्रयापमा पर्न सक्ने भनेर उल्टै गाली गरेर पठाईदिन्छन् । त्यसपछि त उनको प्रहरीकोमा जाने बारम्बारको धम्कीले पनि काम गर्न छोड्छ।

यता, बारम्बारको बार्गेनिङ्ग, धम्किदेखि आजित, पारिवारिक तिरस्कार अनि सामाजिक बद्नामी समेत खेपिरहेका कृष्णपनि कानूनी उपचार खोजिरहेका थिए । उनले प्रहरी वृत सिंहदरवारमा उजुरी, र काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दर्ता गराएको थाहा पाएपछि उनी जसरी हुन्छ बद्नाम गराउने र उनको इज्जत मान प्रतिष्ठा सक्काउने खेलमा लागिन् । उनी न्यायालय, नेतादेखि पत्रकारसम्म पुगेर आत्महत्या गर्नेसम्मको धम्की दिएपछि अन्तत : फेरि ति कृष्ण उनको हरेक माग पूरा गर्न तयार हुन्छन् ।

महिलाले फेरि १ करोडको बार्गेनिङ गर्छिन् । सुरुमा आफन्तकै रोहबरमा ५० लाख लिन्छिन् । फेरि केहि दिनपछि अदालतमा कृष्णविरुद्ध हालेको यौन दुर्व्यवहारको मुद्दामा मिलापत्र गर्छिन् र आफ्नै काका ससुराको रोहबरमा अर्को ५० लाख रुपैयाँ लिन्छिन् ।

अचम्मको कुरा,  कृष्णको सम्बन्धका कारण श्रीमान् र परिवारबाट टाढिनु परेकोले विवाह गर्न समेत दवाव दिँदै, विवाह नगरे पिएचडीका लागि विदेश जाने र लाग्ने सम्पूर्ण खर्च मौसमले नै व्यहोर्नुपर्ने माग गर्दै आएकी ति महिला, श्रीमान र परिवारको  सल्लाह बमोजिम नै चल्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । त्यसो त मिलापत्र र लेनदेनका समयमा पनि पारिवारका सदस्यनै उपस्थित रहनुले यो भनाइलाई अझै पुष्टि गर्छ ।

यो त प्रतिनिधि घटना मात्र हो । समाजमा यस्ता कयौं घटना छन् जुन अझै बाहिर आउन सकेको छैन ।

एकातर्फ, हिंसा महिलामाथि मात्रै हुन्छ भन्ने भनाइलाई केही समय यता यदाकदा केहि पुरुषहरुले हिम्मत गरेर आफुमाथि भएको हिंसाबारे उठाएका आवाज र विद्यमान नियम कानुनको संसोधनको मागले पनि गलत सावित गरिदिएको छ । हिंसाको कारक एकजना मात्र हुँदैन । समाजमा हिंसा पुरुषमाथि पनि हुन्छ भन्ने उदाहरण प्रसस्तै छन् ।

एक त पुरुषप्रधान देश, अर्कोतर्फ सामाजिक इज्जत र प्रतिष्ठा गुम्ने डरका कारण पनि पुरुषहरु आफूहरूमाथि भएको हिंसाका विषयमा अझै खुलेर बोल्न सकेको देखिँदैन ।

अर्कोतर्फ, पैसा पावर र पहुँचबाट पत्रकार, प्रहरी प्रशासनदेखि न्यायलयसम्म किन्न सकिन्छ भन्ने सोच राख्नेहरुबाट महिलामाथि भएका कयौँ हिंसाजन्य घटना पनि बाहिर आएका छैनन् । जसमा कतिपयका आफ्नै बाध्यता र विवसता पनि रहेका हुन्छन । त्यसैले हिंसारहित समाज निमार्णका निमित्त सबैले खुलेर आवाज उठाउनु आजको आवश्यकता हो । यस विषयमा सम्बन्धित निकायले सत्य तथ्य र निष्पक्ष भएर न्यायीक निर्णय गरी न्यायको प्रत्याभूति दिलाउनु अत्यन्त जरुरी छ ।  हिंसा महिला, पुरुष जोमाथि पनि हुन सक्छ । हिंसालाई लिङ्गसँग मात्र जोडेर हेर्ने सोच नबदलिएसम्म समाजमा हुने विकृति मत्थर हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *