अहिलेको सत्तासंग आम नागरिक रुष्ट छन् : पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्व प्रधानन्यायधीश सुशिला कार्कीले, आम नागरिक अहिलेको शासन पद्दतीप्रति रुष्ट रहेको दाबी गरेकी छिन् ।

आज काठमाडौंमा आयोजित सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अहिले सत्तामा बस्नेहरुले आफ्नो र आफ्नाहरुका मात्रै हित हेरेको उनको आरोप छ । ‘अहिलेको शासनबाट हुदैँन भन्ने कुराको विमति हरेक जनताको मनमा छ । सत्तामा बस्नेहरु आफू हाँस्नु हुन्छ, आफू नै नाच्नु हुन्छ, आफू खुसी आनन्द मनाई रहनु भएको छ । जनताहरुलाई दुख भएको छ । जनताले भएनभन्दा पनि आफूले के के नै गरेको जस्तो मुखमा जे आए पनि बोल्या छ ।’ उनले भनिन् ‘कहिले आफैले राम्रो काम गरेको छु भनेको पनि सुनिन्छ । उहाँहरु एकोहोरो ताली पड्काएर हिँडिरहनु भएको छ । यता जनता भने उहाँहरुको कामबाट विरक्त छन् । यो बीचमा कसरी समायोजन गर्ने यो अहिलेको मुख्य कुरा हो ।’
उनले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सक्तामा बस्नेहरुले त्यसतर्फ ध्यान नै नदिएको बताए ।

‘सुशासन, विकास र समृद्धि यो तीवटा कुराको खाचोँ छ तर यसको स्थापनाको लागि इमान्दारिताको आवश्यकता हुन्छ । जसले शासन गर्छ, जो सत्तामा बस्छ त्यो व्यक्तिमा इमान्दारिता र निष्ठा हुनुपर्छ ।’ उनले भनिन् ‘वर्तमानमा गलाभरि माला लगाउन पाए पुग्यो, इतिहासमा मेरो मूल्यांकन के छ, के भन्लान त्यो कुराको हेक्का नै राख्नु हुन्न भने हामी के भन्नु, देशमा काण्डै काण्ड र भ्रष्टाचार बाहेक केही छैन् । सत्तामा टिक्नको लागि फोहोरी काम गर्नुभएको छ । ’

मुलुक कमिशन र भ्रष्टाचारमा फसेको भन्दै उनले नागरिकले पनि त्यसको खुलेर विरोध गर्न नसकेको बताईन् । सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुशासनको अभ्यासमा देश चुकेको तर्क गरे । उनले भने ‘संसारको सबैभन्दा ठूलो एजेण्डा भनेकै सुशासन हो, हामी सुशासनको अभ्यास गर्दै जाँदा त्यसबाट जन्मिने भनेकै विकास र प्रगती हो । आलोचना गर्ने, सबैलाई खराब भनेर आफूलाई अब्बल देखाउनुभन्दा सबै अब्बलहरुको बीचमा अलि राम्रो बन्ने कोशिस गर्नुपर्छ ।’ उनले भने ‘यो अभियानमा रहेको एजेण्डाहरु जबसम्म सामाजिकीकरण हुदैँन्, समाजले आत्मसम्मान गर्न सक्दैँन् त्यसलाई कार्यान्वयन गर्न गाह्रो हुन्छ । यसलाई सामाजिकरण गर्ने हो भने हामीले चाहेको सुशासन, विकास त्यती टाढाका विषय होईन् । ’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *