तनहुँमा रासायनिक मल कारखाना खाेल्न मलेसियाको कम्पनीले थाल्याे अध्ययन

काठमाडौं । नेपालमा मलको कारखाना खोल्न मलेसियाका एक कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । ग्रीन क्याल्सियम अम्मोनियम नाइट्रेट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि मलेसियाको रेनिकोला कम्पनीले लगानीबोर्डसँग आज सम्झौता गरेको छ ।

लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र रेनिकोला कम्पनीका म्यानेजिङ डाइरेक्टर बउमहिदी अब्देलालीबीच लगानी बोर्डको कार्यालयमा कारखाना खोल्ने विषयमा विस्तृत सम्भाव्यता अध्ययनको विषयमा आज सम्झौता भएको हो ।

सम्झौताअनुसार मलेसियाको कम्पनी रेनिकोलाले विद्युतको प्रयोग गरी मल उत्पादन गर्ने भनेर लगानी बोर्डमा गएको पुस २४ गते प्रस्ताव पेश गरेको थियो । लगानी बोर्डले उक्त प्रस्तावलाई गएको चैत ३० गते अध्ययनका लागि अनुमति पत्र प्रदान गर्ने निर्णय गरेको थियो । मल कारखाना खोल्ने प्रस्तावकसँग गर्ने सम्झौताको मस्यौदा लगानी बोर्डले गएको भदौ ८ गते ५५ औं बैठकमा स्वीकृत गरेको थियो । अब कम्पनीले सम्भाव्यता अध्ययनको रिपोर्ट लगानी बोर्डमा २ वर्षभित्र बुझाउनुपर्नेछ ।

मलेसियाको कम्पनीले तनहुँ जिल्लाको आँबुखैरेनीमा उक्त मल उत्पादन गर्ने कम्पनी खोल्ने जनाएको छ । करिब २६० अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यो प्रस्तावित आयोजनाबाट वार्षिक ९५ हजार ६ सय मेट्रिक टन ग्रीन अम्मोनिया र दुई लाख ८६ हजार ९७५ मेट्रिक टन ग्रीन क्याल्सियम अम्मोनियम नाइट्रेट मल तयार हुने प्रस्ताव पेश गरिएको छ । नेपालमा यूरिया, डीएपी, पोटासलगायतका रसायनिक मल अन्य देशबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । यदि यो सम्भाव्यता सफ भएमा नेपालले वातामरणमैत्री तरिकाले रसायनिक मल उत्पादन गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *