


काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।
राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीसहितकाे टाेलीले सरकारसँग भएकाे सहमति केही महासंघका प्रतिनिधिकाे स्वार्थमा भएको र आफूहरुका माग सम्बाेधन नभएकाे भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेर बैठकबाट बाहिरिएका छन् । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति निकाल्छौ,’ अधिकारीले भने ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नु पर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उनकाे भनाई छ ।
Artha Sanjal

अर्थ सन्जाल