खानीखोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षबीच आज हस्ताक्षर भएको हो। समझदारीपत्रमा खानीखोला हाइड्रोपावरका तर्फबाट सीईओ भरत लामिछाने थापा र क्यापिटलका तर्फबाट सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यो समझदारीसँग सिटिजन्स क्यापिटलले खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा रुपमा काम गर्नेछ।

खानीखोला हाइड्रोपावरले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ।

बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर ल्याउने निर्णय गरिएको कम्पनीले जनाएको छ। विद्युत नियमन आयोगबाट सहमति लिई कम्पनीले हकप्रद ल्याउने अजेन्ड स्वीकृतिका लागि आगामी साधारणसभामा पेस गरी पारित गर्नेछ।

यो कम्पनीको ललितपुरमा टुगुंन–ठोस्ने र खानी खोला जलविद्युत आयोजना क्रमशः ४.३६ मेगावाट र २ मेगावाट क्षमताको सञ्चालनमा छन्। यसले २०७३ मंसिरबाट व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *