घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन पनि छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

पछिल्लो ३ दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ भने चाँदी २ दिनदेखि महँगिदै गएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *