लामो समयपछि नेपाली सिनेमा घरमा भिड देखिएको छ। कोरोनाका कारण सुनसान रहेका सिनेमा घरमा नेपाली सिनेमाले दर्शक पाएको पहिलो चलचित्र हो ‘म यस्तो गीत गाउँछु २।’
यो चलचित्रले प्रदर्शनको दुई दिनमै १ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ। यो फिल्मका शिर्ष अभिनेता पल शाहमाथि फिल्म रिलिजको अघिल्लो दिन जबर्जस्ती करणीको उजुरी पर्यो।
उजुरी परेको चौथो दिन प्रहरीकोमा आत्मसमर्पण गर्न पुगेका पल अहिले न्यायिक हिरासतमा छन्। पलको यो केशले फिल्ममा भने असर गरेको छैन्। हलमा दर्शकको निकै भिड रहेको न्छ।
यो चलचित्रमा नायिका पूजा शर्माले लगानी गरेकी थिन्। नायिकाका रुपमा पनि पूजाले नै शिर्ष भूमिकामा रहेर अभिनय गरेकी छन्। सुदर्शन थापाले निर्देशकन गरेको चलचित्रमा थापाले पूजासँग लगानीमा सहकार्य गरेका छन्।
यो चलचित्रमा पूजा र पलका साथमा कलाकार दिनेश डिसी,हरिहर शर्मा,गणेश गिरी, राजा राजेन्द्र पोखरेललगायत कलाकारले अभिनय गरेका छन्।