एनएमबी बैंकले ल्‍यायो डीजी स्टेशन, नगद डिपोजिट, क्लियरिङलगायत काममा कार्यालय पुग्न नपर्ने

काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धधन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजी स्टेसन’ को सुरुआत गरेको छ।

‘डिजी स्टेसन’ ग्राहकलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो। जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेटमेन्ट जेनरेट सबै एकैठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायता बिना गर्न सकिनेछ।

‘डिजी स्टेसन’को सुरुआतले ग्राहकलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा–सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ। एनएमबि बैंक आफ्ना ग्राहकको परिवर्तनशील बैंकिङ आवश्यकताहरु पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ। आधुनिक प्रविधिक बैंकिङ सुविधाहरु विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न बैंक समर्पित छ।

बैंकले प्रथम चरणको डिजी स्टेसनको सुरुआत एनएमबि भवन बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सञ्चालन गरिएको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले रु. १ लाखभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैँ खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ।

यसका साथै चेक डिपोजिट मेसिनमा ग्राहकले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिङ चेकसमेत डिपोजिट गर्ने सुविधा रहेको छ। आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजी स्टेसनमा एटीएम मेसिनको सुविधा हुँदा ग्राहकका अधिकांश बैंकिङ अवश्यकताहरु स्वचालित ढंगले छिटोछरितो माध्यमबाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १४५ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *