एनआईसी एसिया बैंकको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको चुक्तापुँजीको कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमा २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *