काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला गरिरहेका छन् ।
च्यासल पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
यसैगरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, अर्थमन्त्री प्रकाशशरण महत, संचारमन्त्री रेखा शर्मा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठलगायतले पनि च्यासल पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
घरको शौचालयमा राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १ः५० बजे त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तस्बिरहरू
अर्थ सन्जाल