यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *