बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।  आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *