

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले घरेलु तथा साना उद्योगहरुको प्रर्वद्धन गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौं नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिले आयोजना गरेको नेपाल भारत अन्तराष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०को उद्घाटन समारोहलाई सम्बोधन गर्दै, उनले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिनु पर्ने बताएका हुन् ।
उनले भने, ‘परिवारमा सुख समृृद्धि र खुशी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ । तपाईहरुको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डो¥याउने छ । स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन् ।’
उनले उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘नेपाल र भारतबीच अत्यन्त निकटसम्वन्ध रहेको छ हामी एउटै नदीको पानी पिएर हुर्किन्छौ । हाम्रो सभ्यता र सस्कृति एउटै रहेको छ । दुवै देश बीचको व्यवशायिकसम्वन्धलाई सुदृढ गर्न मेरो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’

अर्थ सन्जाल