भूमिहिन तथा श्रमिक संगठन नेपालद्वारा मुल्य वृद्धिविरुद्ध प्रर्दशन

काठमाडौं । भूमिहिन तथा श्रमिक संगठन नेपालले मुल्य वृद्धिविरुद्ध, काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । भ्रष्टाचार, बेरोजगार र कुशासन विरुद्ध खुल्ला आव्हान, मूल्य वृद्धि रहित समान भू स्वामित्व प्राप्तिको महाअभियान भन्ने नारासहित प्रर्दशनकारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

काठमाडौंको माइतीघरदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयसम्म ¥यालीसहित पुगेका उनीहरुले सरकारले आम नागरिकको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

ज्ञापनपत्र बुझ्दै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले, उनीहरुको मागलाई सरकारले गम्भीर रुपमा लिने विश्वास दिलाए ।

उनले भने, ‘यो माग पत्र आजैका मितिमा प्रधानमन्त्री समक्ष पठाउँने प्रतिबद्धता व्यक्त गर्दछु । नेपालको संविधान प्रचलित कानूनको अधिनमा रहेर यहाँ राख्नु भएको मागहरुलाई नेपाल सरकारले पक्कै पनि संवेदनशिल भएर हेर्ने छ भन्ने कुरामा विश्वास पनि दिलाउँन चहान्छु ।’

यस्तै, भूमिहिन तथा श्रमिक संगठन केन्द्रीय महासचिव इन्द्रबहादुर तामाङ्ले भू स्वामित्वबाट वञ्चित नागरिकहरुलाई राज्यले आतंक मचाएर उठिबास गराउँन खोजेको भन्दै त्यसको विरुद्धमा ध्यानाकर्ष पत्र बुझाउँन आएको बताए ।

उनले सरकार अनावश्यक मुल्य वृद्धि तर्फ अग्रसर भएको आरोप लगाए । यस्तै उनले मागहरु सम्बोधन नभए भूमि अधिकार तथा श्रमिक संगठन नेपालले, शान्तिपूर्ण आन्दोलन चर्काउने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *