एसिया कप : भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकियो

काठमाडौं । एसिया कपको सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकिएको छ । श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस हारेर भारतले ब्याटिङ गरिरहेको छ ।

भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको बेला वर्षा भएको खेल रोकिएको हो ।

यसअघि भारत र पाकिस्तानबीचको समूह चरणको खेल पनि वर्षाले प्रभावित भएको थियो । निरन्तर वर्षा नरोकिएपछि उक्त खेल रद्द नै भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *