फोनपे र एनआईपीयलद्वारा नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानीको सुरुवात

काठमाडौं । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (NPCI) को अन्तर्राष्ट्रिय शाखा ‘एन.आई.पी.यल’ (NIPL: NPCI International Payments Limited), द्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्यु.आर (QR) भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ। यो ऐतिहासिक साझेदारी को सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ।

फोनपे, र एन.आई.पी.यल (NIPL) बीचको यस सहकार्यले, दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई, यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यु.आर (QR) कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेछ।

उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ।प्राविधिक एकीकरणको समाप्ति पस्चात यी दुई कम्पनीहरू, आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन्, जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन् । दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुनेछ।

फोनपेका सभापति तथा एफ.वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल का अनुसार, “यो उल्लेखनीय प्रक्षेपण, दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो। म विश्वस्त छु कि यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्तत: समृद्धि र विकासलाई बढावा दिनेछ ।”

सोही अवसरमा बोल्दै, एन.पीसी.आई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड ले, ‘यस पहलले नवप्रवर्तन प्रति रहेको हाम्रो प्रतिबद्धतालाई जनाउँछ । यु.पि.आई (UPI) एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्नेछ र मानिसहरूको कारोबार गर्ने तरिकालाई बृद्धि गर्नेछ। फोनपेसँगको यस साझेदारी लाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ र फोनपे सँगसँगै रुपान्तरणको यो यात्रा सुरु गर्न पाउँदा हामी धेरै उत्साहित छौँ ‘ भनी जनाएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *