भारतको अदानी ग्रुपसँग मिलेर चौधरी ग्रुपले सिमेन्ट व्यवसाय गर्ने

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अदानी ग्रुपबीच व्यावसायिक साझेदारीको घोषणा भएको छ । यी दुई ग्रुपले नेपाल–भारत अन्तरदेशीय सिमेन्ट व्यवसायको अभिवृद्धि गर्नेगरी साझेदारीको घोषणा गरेका हुन् ।

नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले व्यावसायिक साझेदारी गरिएको चौधरी ग्रुपले जनाएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले सम्झौता लगत्तै खुसी व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावितहुने विश्वास व्यक्त गरे ।

‘यस रणनीतिक सहकार्य मार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ प्रवन्ध निर्देशक चौधरीले भने ।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यावसायिक सहकार्य गर्ने अवसरको लागि अदानी ग्रुपका अध्यक्ष गौतम अदानीलाई धन्यवाद समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *