अमेरिकी सेनाको १२ सदस्यीय टोली नेपाल आइपुग्याे

काठमाडाैं । अमेरिकी वायुसेनाको विमानमार्फत् अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।

नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाको टोली काठमाडौं आएको हो। नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्न १२ अमेरिकी सेनाका कर्मचारीहरू लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।

४० औँ संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा हुनेछ। संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुने नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले बताएका छन्।

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाका १२ जना सहभागी हुनेछन्। नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बंगलादेश, इजरायल लगायत देशहरूका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *