अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कालोबजारी गर्नेलाई कारबाही प्रक्रिया थालेपछि एक महिनापछि बल्ल बाँडियो मल

  • अर्थ सन्जाल
  • १९ भाद्र २०८०, मंगलवार ०८:३४


बागलुङ। साउन १६ देखि गोदाममा थन्क्याइएको रासायनिक मल बागलुङका विक्रेताले एक महिनादेखि बल्ल बेच्न थालेका छन् । मल चर्को मूल्यमा बेच्न पाउनुपर्ने माग गर्दै उनीहरूले मल गोदाममा थन्क्याएका थिए । अनुदानमा आएकाले सरकारले तोकेकै मूल्यमा बेच्न प्रशासन र आधिकारिक विक्रेता रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले आग्रह गर्दा व्यापारीले आनाकानी गरिरहेका थिए ।

मल नपाएर हैरानी खेपेका किसानको पक्षमा प्रशासन र पालिकाले मूल्यसूची तोकिदिएपछि एक महिनापछि बागलुङमा रासायनिक मल पाइन थालेको छ । प्रशासनले छड्के गरेर कालोबजारी गर्नेलाई कारबाही गर्न अनुगमन थालेपछि मात्र यहाँका व्यापारीले तोकेकै मूल्यमा बेच्न सहमति जनाएका छन् ।

सरकारले युरियाको प्रतिकिलो २१, डीएपीको ५२ र पोटासको ४० रुपैयाँ मूल्य तोकेको थियो । तर व्यापारीले युरिया ३४, डीएपी ५९ र पोटास ४९ रुपैयाँमा बेचेका थिए । खुद्रा किन्न आउनेलाई उनीहरूले त्यसमा ५ रुपैयाँसम्म थप जोडेर पनि बेच्थे । कालोबजारी गरेको भन्दै प्रशासनले कारबाही गर्ने र वडाध्यक्षको

संयोजकत्वमा वडा तहमै मल पठाएर तोकिएको मूल्यमा बेच्ने गरी प्रबन्ध गरेपछि मात्र व्यापारी मल बेच्न तयार भएका हुन् ।

‘हामीले वडा तहमै बेच्ने गरी प्रबन्ध गर्न लागेपछि व्यापारी बल्ल तयार भएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने, ‘किसानलाई आवश्यक परेका बेला व्यापारीले लुट मच्चाएका रहेछन् ।’ अब भने पालिकाले तोकेको मूल्यमा किसानले मल पाउनेछन् । कतिपय किसान धान र बर्खे बालीमा मल राख्न नपाएर निरन्तर सदरमुकाम धाउने गरेका थिए । ‘सूचना निस्केपछि मैले बल्ल मल पाएँ,’ बागलुङ नगरपालिका–१२ की संगीता रेग्मीले भनिन्, ‘पहिला त महँगो भनेका थिए, पत्रिकामा सूचना यस्तो छ भनेर देखाएपछि मात्र तोकेको मूल्यमा दिए ।’

सरकारी मूल्यमा व्यापारीहरूले प्लास्टिक झोलाको मूल्य जोडेर किलोको २५ रुपैयाँमा युरिया दिएको उनले बताइन् । बागलुङ नगरपालिकाले पत्रिकामा सूचना जारी गरेर रासायनिक मलको मूल्यसूची राखिदिएको थियो । कर्पोरेसनले विक्रेताको स्टोरसम्मै मल पुर्‍याएर बेच्ने व्यवस्था मिलाएको छ । ७० प्रतिशतसम्म सरकारले अनुदान दिएपछि विक्रेताले प्रतिकिलो युरिया १४ रुपैयाँ, डीएपी ४३ र पोटास ४० रुपैयाँमा मल किन्छन् ।

कर्पोरेसनबाटै प्रतिकिलो ७ रुपैयाँसम्म कमिसन दिए पनि विक्रेताले थप मूल्य राखेपछि प्रशासनले अनुगमन बढाएको थियो । गलकोट नगरपालिका, बडिगाड गाउँपालिकासहितका स्थानमा पुग्दा कतिपय किराना पसलले पनि मल बेचेको भेटिएपछि उनीहरूलाई रोक लगाइएको बरालले जानकारी दिए । ‘मापदण्डमा तोकेभन्दा फरक संस्था र पसलमा पनि मल भेटियो,’ उनले भने, ‘त्यस्तालाई तत्कालै जफतसमेत गरेका छौं ।’ कतिपयले व्यक्तिगत प्रयोजनका लागि ल्याएको भनेर तर्केका थिए ।

बागलुङ नगरपालिकाको अगुवाइमा कर्पोरेसन, कृषि ज्ञान केन्द्र, खुद्रा विक्रेता तथा किसान सहकारीका प्रतिनिधिसमेतले नयाँ मूल्यसूची कायम गरेका हुन् । ‘सोमबारदेखि नयाँ सूचीबाट बिक्री हुन थालेको छ,’ कर्पोरेसनका बागलुङ कार्यालय प्रमुख मनोज श्रेष्ठले भने, ‘कालोबजारी भए तत्काल कारबाही हुनेछ ।’ तोकिएको भन्दा अन्य पसलमा पनि मल बेच्न पाइने छैन ।

बागलुङस्थित कर्पोरेसनको कार्यालयबाट वर्षमा १५ हजार ६३ किलो युरिया, ६ हजार ३ सय २६ किलो डीएपी र १ सय ८७ किलो पोटास र केही अन्य मल गरी २३ हजार ८ सय ४९ किलो बिक्री हुने गरेको छ । सबै बिक्री केन्द्रबाट वार्षिक १ लाख क्विन्टल मल बिक्री हुने गरेको हो । सरकारले कोटा प्रणालीमा पहाडी जिल्लामा थोरै मात्राको मल बेच्ने गरेको छ । सरकारले रासायनिक मलको अनुदान घटाएकामा किसानले विरोध गरेका थिए । केही समयअघि अनुदान रकम घटेको थियो । सोही मौका छोपेर व्यापारीले मूल्य बढाएका थिए । कान्तिपुर दैनिकले छापेको छ ।

Artha Sanjal
मिती : १९ भाद्र २०८०, मंगलवार ०८:३४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

माइडियाले ल्यायो दशैँ तिहार अफर

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.